उदयपुरका पहाडी सडक अवरुद्ध

गाईघाट : निरन्तरको वर्षाका कारण सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको साउने खाँबु तथा छामलिङ फोक्सिङटार क्षेत्रका सडकहरुमा पहिरो झरेपछी उक्त सडकखण्ड अवरुद्ध भएको छ । 

गाईघाट दिक्तेल सडक कार्यालयका अनुसार साउने खाँबु क्षेत्रको पहिरो हटाउने कार्य भइरहेको र छामलिङ फोक्सिङटार क्षेत्रमा सडक अवरुद्ध हटाउने कार्य भइरहे पनि अझै सवारी सुचारु हुन नसकेको छैन । 

पहिरो हटाउने कार्य हुँदै गरे पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक अवरुद्ध सडक खुलाउन निकै कठिनाई भइरहेको गाईघाट दिक्तेल सडक कार्याले बोक्सेका प्रमुख इञ्जिनियर हरि पोखरेलले जानकारी दिए । 

पटक–पटकको पहिरोको कारण अहिले जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रको आँपटार, रौता, फोक्सिङटार, बलाम्ता खाँबुसम्म पनि यातायात सुचारु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?