६ खेलका खेलाडी मात्र वैदेशिक प्रशिक्षणमा, अरु खेलाडीलाई किन भेदभाव ?

काठमाडौं। आउँदो भदौ पहिलो साताबाट इन्डोनेशियाको जकार्तामा शुरु हुने १८ औँ एशियाली खेलकुद ‘एशियाड’का लागि नेपाली खेलाडीहरु अहिले प्रशिक्षण गरिरहेका छन् । 

नेपालले यसपालि ‘एशियाड’ मा २८ खेलमा सहभागिता जनाउँदैछ ।

अहिले मार्सल आर्ट मध्ये सबैभन्दा पदक जित्न सफल तेक्वान्दोका १४ खेलाडी सहितको टोली अहिले दक्षिण कोरियामा प्रशिक्षण गरिरहेका छन् ।

प्रशिक्षकद्धय दिपक विष्ट र संगिना वैद्य सहितको टोली विगत दुई साता देखि कोरियामा छन् । 

त्यस्तै, स्केटबोर्डका खेलाडी हङकङ र एथलेटिक्सका खेलाडीहरु भारतको कोलकता अभ्यास गरिरहेका छन् ।

स्केटबोर्डमा १ र एथलेटिक्स ६ खेलाडी एशियाडका लागि छनोट भएका हुन् ।

बक्सिङका ७ खेलाडी भने थाइल्याण्डमा प्रशिक्षण गरिरहेका छन् ।

टेबलटेनिसका खेलाडी दिल्लीमा छन् । पेनकेक सिलातका १ खेलाडी भने सिंगापुरमा अभ्यासरत छन् । 


 

५ खेल बाहेक अरु खेलका खेलाडीहरु भने स्वेदशमा नै प्रशिक्षण गरिरहेका छन् । 

भारत्तोलनका ६ खेलाडीले नेपालगन्जमा, आर्चरीका ५ खेलाडी शसस्त्र प्रहरी बल हल्चोकमा र सुटिङका ३ खेलाडी प्रहरी प्रशिक्षण केन्द्रमा अभ्यासरत छन् ।

ब्याटमिन्टनका ८ खेलाडीले ललितपुरमा, पाराग्लाइडिङका ८ खेलाडीले पोखरामा र कबड्डी टिमले महेन्द्रनगरमा प्रशिक्षण गरिरहेका छन् । 

सेपाकताक्रोका ५, क्लाइबिङ स्पोर्टसका २, फेन्सिङका ८, गल्फका ४, पौडीका ४, उसुका १०, कुराँसका २ र बास्केटबलको टिमले काठमाडौंमा रहेका विभिन्न स्थानमा अभ्यास गरिरहेका छन् ।

साइक्लिङ टिम, ट्राइथलोन, फुटबल, लन टेनिसका खेलाडीहरुले ललितपुर हातामा रहेका विभिन्न मैदानमा प्रशिक्षण गरिरहेका छन् । 

२८ खेलमा पुरुषतर्फ १ सय २५ र महिलामा ५६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?