१२ वर्षपछि दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाको ‘क्लिनस्विप’

कोलम्बो । श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट क्रिकेट श्रृंखला २–० ले आफ्नो पक्षमा पारेको छ । 

सन् २००६ यता श्रीलंकाले पहिलोपल्ट दक्षिण अफ्रिकालाई टेस्ट श्रृंखलामा पहिलो पटक पराजित गरेको हो । दोस्रो टेस्टको खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई १ सय ९९ रनले पराजित गरेको हो । श्रीलंकाका लागि रंगना हेराथले दोस्रो इनिङ्समा ६ विकेट लिए । 

पहिलो टेस्ट श्रीलंकाले २ सय ७८ रनले विजयी भएको थियो । जितका लागि श्रीलंकाले दिएको ४ सय ९० रनको विशाल लक्ष्य पछ्याउने क्रममा अफिकाको टीम चौंथो दिनमा २ सय ९० रनमा समेटिएको थियो ।

१ सय ३९ रनबाट चौंथो दिनको खेल शुरु गरेको अफ्रिकाले टी डे ब्राइन र तेम्बा बावुमाले पारिलाई सम्हाल्न खोजेपनि बावुमा ६३ रनमा आउट भएका थिए ।

त्यसपछि क्विन्टन डी कक र ब्राइन पनि आउट भएपछि अफ्रिकाको पारि लडखडाएको थियो । ब्राइनले अफ्रिकाबाट यस सिरिजमा एक मात्र सतक बनाउने खेलाडीको रुपमा पारि सम्हाल्न खोजेका थिए तर हेराथले आउट गरे ।

दक्षिण अफ्रिका १२ वर्षपछि फेरि श्रीलंकासँग ‘ह्वाइट वास’ हुन पुगेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?