सत्य, तथ्य र विश्वसनीयता : आम पाठक/दर्शक/श्रोताले समाचारमा खोज्ने विशेषता वा समाचारका सिद्धान्तका रुपमा यी शब्दलाई लिने गरिन्छ । ‘अडियन्स’ ले हरेक समाचारमा धुईंपत्ताल खोजिरहने यी विशेषतालाई आमसञ्चारका अध्येता, शिक्षक र विद्यार्थीले लोकसेवामा घोक्ने सुत्रजस्तो छोटो र सजिलो बनाईदिएका छन : ‘एबीसी’ मन्त्रमा । अर्थात, एक्युरेसी, ब्यालेन्स र क्रेडिबीलिटी ।
तर, के हाम्रा मिडियाका उत्पादनमा ‘एबीसी’ छ त ? यसको जाँच गर्न कुनै ठूलो अनुसन्धान परियोजना चलाउनुपर्दैन । भीडभाडमा प्रश्न सोध्दा मुखमै बुमको ठुँडो जोत्न खोज्ने आफना पत्रकारलाई सम्बन्धित मिडियाले सडकपेटीमा नागरिकको धारणा बुझ्न आधा घण्टे ‘असाईनमेन्ट’ दिए पुग्छ ।
संस्थागत व्यवहार हेर्दा नेपालका अधिकांश सम्पादकहरूको हैसियत पत्रकारलाई पेट कस्ने उर्दी जारी गरेर मालिकको हजार रूपैयाँ बचाईदिने र आफु लाखौंको तलब कुम्ल्याउने भन्दा बढि होईन । राजनीतिक दुराग्रहको ‘डोरी’ पछ्याउँदै जाने हो भने ‘कन्टेन्ट म्यानुपुलेशन’मा पोख्त सम्पादकहरुको कम्मरमा त्यो डोरी फनफनी बाँधिएको भेटिन्छ । केही थोरै सम्पादकमात्र यसका अपवाद छन् ।
पत्रकारिताकै विद्यार्थी र पेशाकर्मी भएकाले यति निर्धक्क लेख्न सक्छु : मिडियाप्रति नागरिक विश्वास पखालिँदो छ । किनकी पत्रकारका हैसियतले समाजका विभिन्न पात्र र आमनागरिक भेट्दा, उनीहरु मिडियाको भूमीकाप्रति सन्तुष्ट छैनन् । अधिकांश छापा मिडियाको मास्टहेडतर्फ चोरऔंलो फर्काएर उनीहरु भन्दैछन् : यसले फलानो नेताको, व्यापारीको, गुण्डाको, अपराधीको, भ्रष्ट्राचारीको पक्ष र विपक्षमा लेखिरहेछ । निष्पक्ष भनिएको मिडिया र पत्रकारितालाई आफ्नै अडियन्सले पक्ष र विपक्षमा कित्ताकाँट गरिदिनु भनेको मिडियाका लागि निकै ठूलो झापड हो ।
मिडियाका केही ‘ईनोसेन्ट अडियन्स’हरु आज पनि निकै ठूलो अन्यायमा परिरहेका छन् । त्यो हो : मिडियाप्रति विश्वास गरिरहनु र बारम्बार सूचनाबाट धोखा पाईरहनु । बहुध्रुवीय विश्व कुटनीति, व्यापार स्वार्थमा लपेटिएको अर्थव्यवस्था, छिन्नभिन्न हुँदै गईरहेको परम्परागत शक्ति संरचना र उदयीमान अर्थतन्त्रहरुको प्रवेश अदिका कारण अब मिडिया स्वतन्त्र छैन । फरक–फरक मिडियाहरु फरक–फरक स्वार्थसमूहको फेरो समातेर ‘कर्पोरेट भावभंगिमा’ देखाउँदैछन् ।
नेपालमा हरेक बिहान ३ किसिमका पत्रिका नागरिकको दैलो र स्टेशनरीमा पुग्छन् । एउटा, कम्युनिष्टको मुखपत्र जस्तो, एउटा प्रजातान्त्रिक दलको घोषणपत्रजस्तो, अर्को सिमित व्यापारीका कम्पनी प्रोफाईलजस्तो । सर्सती हेर्दा यी गज्जब डिजाईनका, रंगीचंगी र फूलबुट्टादार देखिन्छन । तर, छापिएका समाचार र विज्ञापन, स्वार्थसँग समाचारको सम्बन्ध र सम्पादकीयसहितको विचार पृष्ठ नियाल्दा यी विष लेपन गरिएका चकलेट हुन् भनि ठम्याउन गाह्रो पर्दैन । केहि पत्रपत्रिकामात्र अपवाद छन्, जसले निष्पक्ष पत्रकारिताको र्इज्जत धानिदिएका छन् ।
जब कुनै मिडियाको लगानीमै प्रश्न उठछ, जब मिडिया मालिकहरु आफ्ना उत्पादनको गुणस्तरमा भन्दा घरजग्गाको लेनदेन विवादमा आफ्ना मिडिया प्रयोग गर्छन्, जब व्यापारीले बजारमा नबिकेको स्टकको सामान ‘इधरका माल उधर, उधरका माल इधर’ गरेजस्तो सम्पादकीय कोलममा पुरापुर स्वार्थवाला मौसमी पक्षधरता देखिन्छ, यस्तो मिडियाले आफुलाई स्वतन्त्र करार गरिरहँदा ‘मिडिया क्रिटिक्स’ चार्ली च्याप्लिनको श्यामश्वेत व्यंग्यचित्रजस्तो देखिएको छ ।
जब मिडियाको विश्वसनीयताबारे नागरिकस्तरबाट प्रश्न उठछ, मिडियाकै विपरित स्वार्थसमूहबाट प्रश्न उठिरहेको हुन्छ, मिडियाले त्यसको जवाफ दिन उचित ठान्दैन । प्रेस स्वतन्त्रतालाई यसरी सिरानी बनाईएको छ कि त्यसमा अब स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्छु भन्नेहरुकै टाउको नअट्ने भएको छ । विज्ञापनदाताको स्वार्थले प्रेस स्वतन्त्रताकै सिरानी हालेको छ, मिडियाले राज्यलाई कर तिर्नुपर्ने बेलामा पनि यही प्रेस स्वतन्त्रताको व्याख्या हुने गरेको छ । नेशनल ट्रेडिङ र साल्ट ट्रेडिङबाट न्युजप्रिन्ट किनेर भुक्तानी नदिने र दलीय सरकारबाट मिनाहाको निर्णय गराउने मिडियाहरु पारदर्शीताको डिङ हाँकिरहेका छन ।
नेपालमा हरेक बिहान ३ थरीका पत्रिका नागरिकको दैलो र स्टेशनरीमा पुग्छन् । एउटा, कम्युनिष्टको मुखपत्र जस्तो, एउटा प्रजातान्त्रिक दलको घोषणपत्रजस्तो, अर्को सिमित व्यापारीका कम्पनी प्रोफाईलजस्तो । सर्सती हेर्दा यी गज्जब डिजाईनका, रंगीचंगी र फूलबुट्टादार देखिन्छन । तर, छापिएका समाचार र विज्ञापन, स्वार्थसँग समाचारको सम्बन्ध र सम्पादकीयसहितको विचार पृष्ठ नियाल्दा यी विष लेपन गरिएका चकलेट हुन् भनि ठम्याउन गाह्रो पर्दैन । केहि पत्रपत्रिकामात्र अपवाद छन्, जसले निष्पक्षता पत्रकारिताको र्इज्जत धानिदिएका छन् ।
मिडियामाथि यतिविघ्न अविश्वास किन ? किनकी, जरामा धमिरा लागेको छ । ‘जरा’ अर्थात लगानी गर्नेको नियत, समाचार कक्षमा प्रमुख÷सम्पादकको आकर्षक र विकर्षणका क्षेत्र एवं त्यस्ता सम्पादक वा विभागीय प्रमुखको प्रत्यक्ष निर्देशनमा खटिने पत्रकारमा भएको लाभलोभ र बाध्यता ।
सम्मानित पेशा हो पत्रकारिता । यो किन सम्मानित भने : भयानक युद्ध र संकटहरुमा, नागरिकको आम चाहनामा, आलोचनात्मक दृष्ट्रिकोणमा र विश्वका परिवर्तनहरुमा धेरै समय मिडिया नागरिक सँगसँगै रह्यो ।
समाचार कक्षभित्रकै कुरा गरौं । पेशागत हिसाबले पत्रकारितालाई त्यति नराम्रो मानिँदैन, जति मिडियाले देखाईरहेको ब्यहोरामाथि आलोचनाको सहस्रबाण प्रहार हुने गरेको छ । शिक्षक, डाक्टर, ईञ्जिनियर र पाईलट, वकिलसँगै नारिएर आउने सम्मानित पेशा हो पत्रकारिता । यो किन सम्मानित भने : भयानक युद्ध र संकटहरुमा, नागरिकको आम चाहनामा, आलोचनात्मक दृष्ट्रिकोणमा र विश्वका परिवर्तनहरुमा धेरै समय मिडिया नागरिक सँगसँगै रह्यो ।
यसरी नागरिक विश्वास अडिईरहेको मिडिया किन विवादित भईरहेको छ ? यसको एउटै कारण सम्पादकको बेईमानी हो । सामान्य बुझाई : सम्पादक एक असल व्यवस्थापक पनि हो । तर, न्युजरुमभित्र सम्पादक जब स्वार्थहरु हुर्काउने औजार बन्छ, जब लगानीकर्ताको ज्यूहजुरीमै दिनचर्या कटाउँछ, जब आफ्ना मान्छे र समूहको समाचार कुरेर बस्छ । सम्पादकको पदधारण गरेको त्यस्तो व्यक्ति खराब व्यवस्थापक मात्रै हो । जसले समयान्तरमा नैतिक र चारित्रिक रुपमा आफुलाई त सिध्याउँछ नै, सँगै लगानीकर्ताको भविष्य र मिडियाको विश्वसनीयतालाई ‘बर्मुडा त्रिकोण’ मा फसाईदिन्छ, जहाँ हराएका जहाजहरु कहिल्यै फर्केनन् ।
नेपालको पत्रकारितामा, सम्पादक भनेका हुनेखाने र सम्पन्न पत्रकार हुन भने धारणा पत्रकारकै बीचमा छ । सम्पादक भनेका मालिकले पत्याउने व्यक्ति हुन् । सामान्य पत्रकारलाई वास्ता नगर्ने नेता र व्यापारीले सम्पादकलाई सजिलै पहुँच दिन्छ । चाडबाड आउँदा सम्पादकका नाममा मिडियाका फ्रन्ट डेस्कका स्टोरमा व्यापारी र नेताले पठाएका रक्सी र अनेकानेक उपहारहरु भेटिन्छ । सम्पादकहरु बारम्बार विदेशका मनोरञ्जन गन्तव्यमा रमाईरहेका भेटिन्छन् ।
समयमा तलब नदिने, निकै कम पारिश्रमिकमा दिनरात जोताउने, कानूनमा उल्लेखित अधिकार माग गर्दा पत्रकारको बदनाम गरिहिँड्ने र निरन्तर लगानीकर्ता एवं स्वार्थ समूहको स्वस्ती गरिरहने । अझ यतिसम्म : सञ्चागृहभित्रै पत्रकारबीच गुटबन्दी गराउने र त्यस्ता गुटको नेतृत्व आफैंले गर्ने । अधिकार चाहनेहरुलाई फुटाईदिएपछि सम्पादकलाई सँधै सजिलो ।
पत्रकारलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन नसकिरहेका मिडियाका सम्पादकहरुको यत्रो तुजुक र चुरीफुरी कहाँ र कसरी बन्दो हो ? ‘अडियन्स’ हरुले आफुले पढ्ने पत्रिकाको सम्पादकबारे बुझ्न कोही पत्रकारको बाईलाईन पछ्याए हुन्छ । निजलाई भेटेर ‘सम्पादक कसरी ठूला र सम्पन्न, श्रमजीवि भनिएका पत्रकारहरु किन आर्थिक र पेशागत हैसियतमा विपन्न र कमजोर ?’ भनि सोधे पुग्छ ।
नेपालको पत्रकारिता यदि कसैका कारण बिग्रिरहेको छ बिगार्ने प्रमुख पात्र सम्पादक नै हो । नेपालको सञ्चार क्षेत्रमा छापाका अधिकांश सम्पादकहरू क्रुर र अव्यवसायिक छन । प्राय : दलनिकटका साप्ताहिकबाट काम शुरू गरेकाहरूले साप्ताहिक पत्रिकाको विकृति दैनिक छापामाध्यममा भित्र्याएका छन् । त्यो विकृति के भने : समयमा तलब नदिने, निकै कम पारिश्रमिकमा दिनरात जोताउने, कानूनमा उल्लेखित अधिकार माग गर्दा पत्रकारको बदनाम गरिहिँड्ने र निरन्तर लगानीकर्ता एवं स्वार्थ समूहको स्वस्ती गरिरहने । अझ यतिसम्म : सञ्चागृहभित्रै पत्रकारबीच गुटबन्दी गराउने र त्यस्ता गुटको नेतृत्व आफैंले गर्ने । अधिकार चाहनेहरुलाई फुटाईदिएपछि सम्पादकलाई सँधै सजिलो ।
मेडिकल शिक्षमा सुधारको माग गर्दै अनसन बसेका डा. गोविन्द केसीलाई समर्थन गर्न हुल बाँधेर गएका स्वनामधन्य सम्पादकहरुले आलोचना खेपे । किनकि, त्यो हुलका धेरै सम्पादकहरुको निश्चित शक्तिहरुसँग विशेष सानिध्यता थियो र छ पनि । कोही ईतर विचारकालाई निषेध गर्ने, कोही राजनीतिक दलका नेताको आशिर्वाद प्राप्त, कोही खुलेआम राजनीति नियुक्ति पचाएका…जब यिनले डा. केसीसँग सामूहिक फोटो खिचेर सामाजिक सञ्जालमा राखे, जगत हाँस्यो । पत्रकारिता वृत्तबाटै प्रश्न उठ्यो ।
अहिले पनि पत्रकारहरुले न्युनतम पारिश्रमिक निर्धारण समितिले कहिले नयाँ तलबमान सिफारिस गर्ला र तलब बढला भनि कुर्नुपर्ने अवस्था छ । यो बर्षपनि हजारौं क्रियाशील पत्रकारहरु तलब बढेको सूचना छापिने राजपत्र (ग्याजेट) कुरेर बसेका छन ।
नेपालका अधिकांश सम्पादकहरूको हैसियत पत्रकारको गाँस खोसेर मालिकको हजार रूपैयाँ बचाईदिने र आफु लाखौंको तलब कुम्ल्याउने भन्दा बढि होईन । यी व्यक्तिहरु सम्पादक हुँदा यिनले प्राप्त गरेको तलबमान र यिनले तोकिदिएको श्रमजीवि पत्रकारको त्यतिखेरको तलबमानको पीडादायी अन्तर नै यो विषयलाई बुझ्न पर्याप्त छ । सबै मिडियाको हकमा यो लागु नहुन सक्छ । तर, अधिकांशको चुरो कुरो यही हो ।
अहिले पनि पत्रकारहरुले न्युनतम पारिश्रमिक निर्धारण समितिले कहिले नयाँ तलबमान सिफारिस गर्ला र तलब बढला भनि कुर्नुपर्ने अवस्था छ । यो बर्षपनि हजारौं क्रियाशील पत्रकारहरु तलब बढेको सूचना छापिने राजपत्र (ग्याजेट) कुरेर बसेका छन ।
सरकारले बल्लतल्ल न्यूनतम पारिश्रमिक बढाउँछ । तर, राज्यले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न ठस–ठस कन्ने व्यक्ति यिनै सम्पादकहरु हुन् । पत्रकारको तलब बढाउँदा मिडिया व्यवस्थापकलाई भन्दा बढि सकस नेपालका सम्पादकहरुले महशुस गर्ने गर्छन् । नेपालमा अहिले श्रमजीवि पत्रकारको पारिश्रमिक १९ हजार ५ सय रुपैयाँ मात्र छ । तर, एकदशकभन्दा बढि पत्रकारिता गरेका पत्रकारहरुले समेत यो तलब प्राप्त गर्न सकेका छैनन् ।
सम्पादकहरुको मनोविज्ञान के देखिन्छ भने : ५० जना पत्रकारको १ हजारका दरले ५० हजार तलब बढाउनुभन्दा आफ्नै तलबमा २० हजार बढि थप्नुपर्छ । पत्रकारहरुलाई त जसरी पनि तह लगाउन सकिन्छ । अधिकार मागे निलम्बन गरे भैहाल्यो, सरुवा गरे भैहाल्यो, बर्खास्त गरे भैहाल्यो । यस्तो सजाय भोगेको पत्रकार बजारमा बदनाम हुन्छ, उसले काम पाउँदैन । त्यसैले, जति नै शोषण गर्दा पनि पत्रकारले सम्पादकसँग हत्तपत्त अधिकार माग्न सक्दैन । अघिल्लो दिनसम्म पत्रकारलाई तलब बढाईदिने आश्वासन दिँदै काममा पेल्न खोज्ने सम्पादक, मालिकसँग आफ्नो तलब बढाउने बार्गेनिङ नमिल्दा ‘भूतले खाजा खाने’ बेलामा राजिनामा बुझाएर हिँड्ने गर्छन ।
अर्थात, सम्पादकहरु स्वतन्त्र छैनन । यिनीहरुभित्र बग्रेल्ती स्वार्थका रिमोट कन्ट्रोलको ‘सेन्सर’ जडान भएको छ ।
पारिश्रमिक र सेवासुविधाले जीवन धान्न नसक्ने भएपछि पत्रकारहरुले पनि सम्पादकले गरिआएको धन्दा रोज्छन । सौदाबाजी, बार्गेनिङ, पेशाको दुरुपयोग आदि । अनि, समाचार लेख्ने पत्रकार नै बिकेपछि निस्पक्ष सूचनाको अपेक्षा को बाट पुरा गर्ने ?
स्वार्थको डोरीमा लपेटिएका तिनै केही थान ‘मालिकका छापाखाना व्यवस्थापकहरू’ अफुलाई स्वतन्त्र जामा पहि-याएइर कहिल्यै थाक्दैनन् । पत्रकारहरूलाई राजनीतिक आँखाले हेर्ने, सञ्चार संस्थामा राजनीतिकरण गर्ने र व्यवसायिकताको चर्को नारा लगाएर पत्रकारलाई कहिल्यै व्यवसायिक हुन नदिने हर्कत सम्पादकहरुबाटै भईरहेको छ । अर्थात, सम्पादकहरु स्वतन्त्र छैनन । यिनीहरुभित्र बग्रेल्ती स्वार्थका रिमोट कन्ट्रोलको ‘सेन्सर’ जडान भएको छ ।
मिडियालाई विश्वास नै नगर्ने त ?
गर्ने, मिडियालाई चाहिनेजति मात्र विश्वास गर्ने । तुलनात्मक रुपमा स्वतन्त्र भएर, नागरिकप्रति जवाफदेहि भएर सूचना प्रवाह गर्ने मिडियाको अडियन्स बन्ने । मिडियामा आउने सवै समाचार खराब या सबै समाचार असल हुँदैनन् । यसका लागि ‘अडियन्स सेन्स’ आवश्यक छ । यो सेन्स मिडियाको सूचनालाई मानक बनाएर होईन, नागरिकतहकै सामूहिक सञ्चारबाट सम्भव छ ।
अहिले सूचनाका लागि एउटै स्रोतमा निर्भर बन्नुपर्ने अवस्था छैन । विभिन्न सामाजिक सञ्जाल, छापाको सट्टा रेडियो र टेलिभिजन छ । न्युज पोर्टलहरु छन । आफुलाई चाहेका सूचना प्राप्त गर्ने माध्यम छनोटको अवसर पर्याप्त भएकाले नागरिकले सूचना छान्ने दक्षता विकास गर्नुपर्छ ।
कुनै मुद्दामाथि नागरिकहरुले समाजमै आपसी बहस गर्न सक्छन् । सामाजिक बहस र परामर्शबाट एउटा साझा र स्वीकारयोग्य निष्कर्ष निस्कन्छ । त्यो निष्कर्षलाई मिडियाका सूचनासँग तुलना गर्ने । यदि, मिडियाका खबर नागरिक निष्कर्षदेखि बटारिएको पाईयो भने त्यस्ता मिडिया वा त्यस्ता खबर फैलाउने माध्यम/सम्पादक/पत्रकारलाई फेरि नदोहो-याउने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया