नेपाल फाइनान्समा झण्डै १५ प्रतिशत कर्जा खराब हुँदा श्री इन्भेष्टमेन्टमा ०.९४ मात्र

लोकपथ
84
Shares

काठमाडौं । फाइनान्स कम्पनीहरुमा खराब अर्थात निष्क्रिय कर्जाको अनुपात बढेको देखिएको छ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरु मध्ये हालसम्म १३ वटाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा एकाध बाहेक सबैजसो फाइनान्सहरुमा खराब कर्जा बढेको देखिएको हो ।

अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाहरु मध्ये सबैभन्दा बढी खराब कर्जा नेपाल फाइनान्समा देखिएको छ भने सबैभन्दा कम खराब कर्जा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीमा देखिएको छ । चालू आवको तेस्रो त्रैमासमा नेपाल फाइनान्समा १५ दशमलव ७४ प्रतिशत कर्जा खराब देखिँदा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीमा शून्य दशमलव ९४ प्रतिशत मात्र कर्जा खराब देखिएको छ ।

गत आवको सोही अवधिमा यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः २० दशमलव ५२ र शून्य दशमलव ८६ प्रतिशत रहेको थियो । गोर्खाज, जानकी र प्रोग्रेसिभ फाइनान्समा भने चालू आवको पछिल्लो त्रैमासमा क्रमशः आठ दशमलव ४५, चार दशमलव ९८ र चार दशमलव ६८ प्रतिशत कर्जा खराव देखिएको छ ।

गत आवको सोही अवधिमा यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ७४, चार दशमलव ९८ र तीन दशमलव ४७ प्रतिशत रहेको थियो । समृद्धि, गुडविल र सेन्ट्रल फाइनान्समा पनि चालू आवको पछिल्लो त्रैमासमा क्रमशः तीन दशमलव ५९, तीन दशमलव ५६ र दुई दशमलव ९६ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा इि फाइनान्सहरुमा इस्तो कर्जाको अनुपात क्रमशः १६ दशमलव ५०, दुई र तीन दशमलव ३२ प्रतिशत रहेको थियो ।

चालू आवको पछिल्लो त्रैमासमा वेष्ट, मञ्जुश्री र पोखरा फाइनान्समा पनि क्रमशः दुई दशमलव २४, एक दशमलव ५४ र एक दशमलव ५५ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा इि फाइनान्सहरुमा इस्तो कर्जाको अनुपात क्रमशः १४ दशमलव ७३, दुई दशमलव ५७ र। एक दशमलव ४८ प्रतिशत रहेको थिइो । गुह्ेश्वरी मर्चेन्ट र आइसीएफसी फाइनान्समा भने चालू आवको पछिल्लो त्रैमासमा क्रमशः एक दशमलव १५ र एक दशमलव २४ प्रतिशत कर्जा खराब देखिएको छ ।

गत आवको सोही अवधिमा इि फाइनान्सहरुमा इस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव २५ र शून्य दशमलव ५१ प्रतिशत रहेको थियो । यी बाहेकका रिलाइन्स, मल्टीपर्पस सहितका चार वटा फाइनान्सको अपरिष्कृत वित्तीइ विवरण भने सार्वजनिक भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?