परीक्षा हलमा निरीक्षक बाहेक अन्य व्यक्ति प्रवेश नगर्न मन्त्रालयको आग्रह

लोकपथ
357
Shares

काठमाडौं । देशभर जारी एसइई र अन्य परीक्षामा तोकिएका निरीक्षक बाहेक अनुगमनका नाममा अन्य व्यक्ति परिक्षा हलमा प्रवेश नगर्न गृहमन्त्रालयले आग्रह गरेको छ ।

बुधवार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमार्फत अनुगमनका नाममा पटक–पटक परीक्षा हलमा धेरै मानिस प्रवेश गर्दा परीक्षाको वातावरण अस्वस्थ हुने बताएका छन् ।

विज्ञप्तिमा मन्त्रालयले विश्वविद्यालय वा विद्यालय तहको परीक्षामा परीक्षा अवधिभर कार्यालय प्रयोजनको लागि बाहेक फोटो र भिडियो नखिच्न पनि आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?