एजेन्सी : राति आकाशमा तारा हेरेर मानिसहरूले यसको संख्या यकिन गर्ने प्रयास धेरै पहिले देखि गर्दै आएका छन् । तर यकिन गर्न सकिएको छैन् ।
तर पनि यसको जवाफ भिन्न किसिमले दिने गरिएको छ ।
यसबारे अमेरिकी खगोलविद् कार्ल सगनले एक टेलिभिजन अन्तर्वार्तामा भने “पृथ्वीमा भएका समुद्रीतटका बालुवाका कणहरू भन्दा बढी ब्रह्माण्डमा ताराहरूको संख्या हो ।”
ताराहरूको संख्या यकिन गर्न क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर ग्यारी गिरमोरले हाम्रो आकाशगंगामा विद्यमान तराहरूको गणना गर्ने काम गरिरहेका छन् जसमा हाम्रो पृथ्वी समेतको सौर्यमण्डल पनि छ ।
युरोपेली अन्तरिक्ष यानको माध्यमबाट आकाशगंगामा रहेका ताराहरूको गणना गर्ने कामको अगुवाई ग्यारीले गरिरहेका छन् ।
उनले बीबीसीलाई दिएका जानकारी अनुसार दुरीका आधारमा गरिएको डेटा संकलनले २ अर्ब कम तारा रहेको जनाइएको छ ।
गणनाको यो मोडलका आधारमा आकाशगंगामा करिब २० हजार करोड तारा हुन सक्छन् ।
तर आकाशगंगा मात्रै होइन पूरै ब्रह्माण्डमा कति तारा होला भन्दा प्राफेसर ग्यारीले भने “अर्को आकाशगंगामा पनि हाम्रो आकाशगंगा जति ताराको संख्या हुन सक्छ ।
यदि हामीले ब्रह्माण्डमा आकाशगंगाको संख्या यकिन गरे ब्रह्माण्डमा भएका ताराहरूको संख्याको अनुमान गराउन सक्छौं ।”
ब्रह्माण्डमा आकाशगंगाको संख्या पत्ता लगाउन वैज्ञानिकहरूले विधि निकालेका छन् । त्यो विधिका आधारमा ब्रह्माण्डमा १० हजार करोड आकाशगंगा छन् । यो विधिलाई हबल ल भनिन्छ ।
ब्रह्माण्डमा १० हजार करोड आकाशगंगा र हरेक आकाशगंगामा करिब २० करोड तारा छन भने यी दुईको गुणन गरी ब्रह्माण्डमा रहेका ताराको संख्या पत्ता लगाउन सकिन्छ ।
यी दुईको गुणन गर्दा हासिल हुने संख्या २का पछाडि २२ शुन्य हुन्छ ।
बालुवाको कणको गणना गर्दा पृथ्वमा रहेका समुद्रीतटको संख्या र त्यसको घनत्व निकाल्नु पर्ने हुन्छ । यसका लागि तटको लम्बाई चौडाई र गहिराई मापन गर्नपर्ने हुन्छ ।
ओपन स्ट्रिट म्यापको अध्ययनका आधारमा शोधकर्ता जेनेडी डोनचेट्सले भने “ ओपन स्ट्रिट म्यापका आधारमा एक तट औसत १.९ किलोमिटर लामो हुन्छ ।
विश्वमा करिब ३लाख किलोमिटर लामो बालुवा भएको समुद्री तट छन् ।”
एक घन मिटर बालुवामा एक हजार कण हुन्छन् । यसको घनत्व पत्ता लगाउन जटिल छ तर भन्न सकिन्छ अधिकांश तट करिब ५० मिटर चौडा रकरिब २५ मिटर गहिरो छ ।
अब यी तीनवटै मानहरूलाई गुणन गरी घनत्व पत्ता लगाउन सकिन्छ ।
यसरी गुना गर्दा ३७ हजार ५०० करोड घन मिटर प्रतिफल आउँछ । प्रत्येक घनमिटरमा करिब १हजार करोड कण हुन्छ ।
यी दुई मानलाई गुना गरेर पृथ्वीमा रहेका बालुवाको कण पत्ता लगाउन सकिन्छ ।
३७ हजार ५०० करोड घन मिटरलाई १ हजार करोडले गुणन गर्दा ३.७५ पछि २१ शुन्य आउँछन् । अर्थात ४ पछि २१ शुन्य हुन्छ ।
यसरी गणना गरी हामीले ब्रह्माण्डमा ताराहरूको संख्या २का पछाडि २२ शुन्य र पृथ्वी तटका बालुवा कणको संख्या ४का पछाडि २१ शुन्य पाउँछौं ।
अर्थात् अमेरिकी खगोलशास्त्री कार्ल सगनको सही पुष्टि हुन्छ । पृथ्वी भरिको समुद्र तटको बालुवा कण भन्दा ब्रह्माण्डका ताराहरूको संख्या धेरै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया