एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्रमोदीले रवान्डाको एक गाउँ भ्रमण गरी त्यहाँको आथिक विकासका लागि २सय गाई दान दिएका छन् ।
पूर्वी अफ्रिकी राष्ट्रको भ्रमणका क्रममा उनले गौदान गरेको भारतको विदेशमन्त्रालयका प्रवक्ता रवीशकुमारले ट्विट गरेका छन् ।
रवेरु गाउँमा आर्थिक विकासका लागि हरेक परिवार एक गाई कार्यक्रम अन्तर्गत २सय गाई दान दिइएको हो ।
गिरिन्का गरिबहरूको पोषण र वित्त सुरक्षाका लागि एक महत्वाकांक्षी परियोजना हो ।
रवान्डाका राष्ट्रपति पाउल कागामेले व्यक्तिगत रूपमा ध्यान दिएको सामाजिक संरक्षणसम्बन्धी एक सरकारी कार्यक्रम गिरिन्का हो ।
त्यहाँका गरिब परिवारहरूलाई दुध दिने गाई सहयोग गरिएको छ । त्यो गाईबाट जन्मिने बाछी छिमेकीलाई दिनुपर्ने कार्यक्रम रहेको छ ।
यसबाट भातृत्व र एकता समुदायमा अभिवृद्धि हुने अपेक्षासहित यो कार्यक्रमलाई त्यहाँको सरकारले सञ्चालन गरिआएको छ ।
अफ्रिकोका पाँच दिने भ्रमणको क्रममा पहिलो पाइला मोदीले रवान्डामा टेकेर गाई दान दिए ।
उनले युगान्डा र दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएका छन् ।
राष्ट्रपति कागामे र प्रधानमन्त्री मोदीबीच दुई देशबीच भएका ८ सम्झौतामा हस्ताक्षर भयो ।
यसमा रक्षा, कृषि, दुध उत्पादन, व्यापार र छालासम्बन्धी क्षेत्रलाई समावेश गरिएको छ ।
मोदीको यो भ्रमण भारतीय प्रधानमन्त्रीको पहिलो भ्रमणको रूपमा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया