पाकिस्तानमा जसले जिते पनि आर्थिक संकटको सामना गर्नुपर्ने

एजेन्सी : बुधबार पाकिस्तानमा भइरहेको मतदानबाट जो जितेपनि उसलाई गम्भीर आर्थिक संकटको सामना गर्नुपर्ने देखिएको छ ।

पाकिस्तानमा आर्थिक र मुद्र संकट गहिरिदै गएको छ ।

पाकिस्तानको व्यापार सन्तुलनको अवस्था मात्रै खराब छैन आर्थिक बृद्धिको बृद्धि दर पनि सुस्त रहेको क्यापिटल इकोनोमिक्सका बरिष्ठ एसियाली अर्थशास्त्री गरेथ लेदरले जनाए ।

उनले भने “ यो स्थितिको सामना जो जितेर आएपनि उसलाई गर्नुपर्ने हुन्छ ।”

सन् २०१८मा आर्थिक बृद्धि ५.८बाट झरेको छ र ३ प्रतिशतको आर्थिक बृद्धि आगामी दुई वर्षसम्म रहने देखिएको क्यापिटल इकोनोमिक्सले पूर्वानुमान गरेको छ ।

मुद्राको संकट , उच्च स्फिती र अमेरिासँगको बाह्य ऋणको भारले पाकिस्तानको अर्थतन्त्रलाई संकटमा पारेको छ ।

यो वर्षको शुरूदेखि तेलको मूल्यमा बृद्धि भएको छ । पाकिस्तानको व्यापार र चालुखाता घाटाको भार बढदै गएको छ ।

ब्रेन्ट कच्चा तेलको सेप्टेम्बर मूल्य ७२.८७ अमेरिकी डलर छ ।  यी सबैले पाकिस्तानको अर्थतन्त्रलाई संकटमा पारिरहेको छ ।

जुनमा स्फिती ७.१ प्रतिशतमा पुग्यो । यो चार वर्ष यताकै सबैभन्दा बढी रहेको देखिएको छ ।

पाकिस्तानको केन्द्रीय बैंकलाई कसिलो मुद्रा नीति बनाउनुपर्ने बाध्यता छ ।

विदेशी मुद्रा सञ्चिती आधाजतिले घटेको छ र अमेरिकी डलरको तुलनामा मुद्रा कमजोर भएको छ ।

पाकिस्तानको बाह्य ऋण ७५ अर्ब अमेरिकी डलर बराबर छ ।

बुधबारको मतदानमा अग्रपंक्तिमा पूर्वप्रधानमन्त्री नवाज शरिफका भाई शेहबाज शरिफ, पूर्व क्रिकेटर तथा पाकिस्तान तहरिकए इन्साफ पार्टीका इमरान रहेका छन् ।

पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोका छोरा बिलावल भुट्टो तेस्रो स्थानमा रहेको देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?