गरिमा विकास बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केवलकारमा आकर्षक छुट पाउने

लोकपथ
7
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरूले पोखराको अन्नपूर्ण केवलकारमा आकर्षक छुट पाउने भएका छन् । बैंकले पर्यटकीय स्थल पोखराको फेवातालदेखि सराङ्कोटसम्म हालसालै सञ्चालनमा आएको अन्नपूर्ण केवलकारमा आकर्षक छुट सम्बन्धि सम्झौता गरेको छ ।

सम्झौता अनुरुप, यस विकास बैंकको मोबाईल बैकिङ्ग तथा डेबिट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरुले केवलकारको टिकट मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्नसक्नुहुनेछ ।

हाल, गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?