उडानका बेला सेक्स बेचेको आरोपमा कर्मचारी निलम्बित

एजेन्सी : ब्रिटिश एयरवेजनले उडानका बेला विमानमा सेक्स बिक्री गर्दै आएको आरोपमा एक बरिष्ठ अधिकारीलाई निलम्बन गरेको पुष्टि गरेको छ ।

ती कर्मचारीले ८०० पाउन्डस्टर्लिंगमा उडानका बेला सेक्स बिक्री गर्दै आएका थिए ।

त्यो म्यानेजरले सेक्स सेवा उपलब्ध गराउनेहरूसँग ८०० पाउन्डस्टलिंग एक रातको चार्ज लिने गरेको आरोप छ ।

ब्रिटिश एयरको उडान विश्वभर भइरहेका बेला विमानस्थल नजिक रहेको यस्ता यौन धन्दा गर्नेहरूसँग यो शुल्क उठाउने गरिएको थाहा भएको हो ।

विदेशी भूमिमा विमान ल्यान्डिग गर्नु अघि अनलाइनमा विज्ञापन गरिने र यो अतिरिक्त काम गर्ने गरिएको द सनले जनाएको छ ।

ब्रिटिश एयरवेजबाट यस्तो हुन गलत भएकाले यसबारे छानबिन शुरू गरिएको हो ।

त्यतिखेरसम्मका लागि सम्बन्धित कर्मचारीलाई निलम्बन गरिएको छ । दोषी पाइए कारबाही हुनेछ ।

ब्रिटिश एयरवेजका प्रवक्ताले यसबारे छानबिन भइरहेको जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?