काठमाडौं : तरकारी र कृषीउपजको उचित मूल्य नपाएको बिरोधमा कृषकहरूले काठमाडाैंस्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा प्रदर्शन गरेका छन् ।
किसानहरूले अाफुले उत्पादन गरेका उपजको उचित मूल्य माग गरेका छन्। किसानले हाल पार्इरहेको मूल्यले उत्पादनको लागत समेत नउठेको र सरकारले अायातित तरकारीलार्इ प्राथमिकता दिएको किसानहरूले गुनासो गरेका छन् ।
नेपाली किसानले उत्पादन गरेको कृषिउपज भन्दा भारतबाट अायात गर्दा सस्तो पर्ने भएपछि व्यापारीहरूले हाल नेपाली कृषकबाट तरकारीजन्य उपज किन्न छाडेका छन् । यसो गर्दा स्वदेशी उत्पादनले बजार गुमाएको किसानहरूको तर्क छ ।
नेपाली किसानले उत्पादन गरेको तरकारी भारततर्फ निर्यात गर्न रोकावट भएको किसानहरूको गुनासो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया