सूर्या लाइफले ७४ हजार ३८४ कित्ता सेयर लिलाम गर्दै

काठमाडौं : बिमा क्षेत्रको सूर्या लार्इफ र्इन्स्योरेन्सले संस्थापक र सर्वसाधारण समूहको ७४ हजार ३ सय ८४ कित्ता शेयर लिलाम गर्ने भएको छ । 

साउन १६ गतेदेखि संस्थापकतर्फको ३ हजार २ सय ८९ कित्ता र सर्वसाधारणको ७१ हजार ९५ कित्ता शेयर लिलामीमा राख्ने भएको हो । लिलामीको शेयर खरिद गर्न लगानीकर्ताहरूले साउन २३ गतेसम्म बोलपत्र दिन सक्नेछन् । 

बिक्री प्रबन्धक एनअाइसी एसिया क्यापिटलका अनुसार लगानीकर्ताले बबरमहलस्थित क्यापिटलको कार्यालय, सूर्या लार्इफको वीरगञ्ज, वुटवल, नेपालगञ्ज, धनगढी, पोखरा, महेन्द्रनगर र र्इटहरी शाखाबाट लिलामीको शेयरमा अावेदन दिन सक्नेछन् । 

लिलामीको शेयरमा न्यूनतम १ सय कित्तादेखि संस्थापकतर्फ अधिकतम सवै कित्ता र सर्वसाधारण समूहमा अधिकतम २० हजार कित्ताका लागि अावेदन दिन सकिने व्यवस्था छ। 

यो र्इन्स्योरेन्सले बैशाख ३१ गतेदेखि असार ३ गतेसम्म अाफ्ना शेयरधनीका लागि निष्काशन गरेको ४० प्रतिशत हकप्रदमा बिक्री नभएको कित्ता लिलामीमा ल्याउन लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?