एजेन्सी : पाकिस्तानको आम निर्वाचनमा भएको मतदानको मतगणनाको प्रारम्भिक परिणामका आधारमा पूर्व क्रिकेटर इमरान खानको पार्टीले अग्रता कायम गरेको छ ।
मतगणनामा इमरान खानको अग्रता देखिएपछि उनका प्रतिस्पर्धीहरूले धाँधली भएको आरोप लगाएका छन् ।
अन्तिम परिणाममा पार्टीले समान्य बहुमत प्राप्त गर्न नसके गठबन्धनको सरकार बनाउनुपर्ने हुन्छ ।
मतगणना विस्तारै भएपनि प्रतिस्पर्धीले आरोप लगाए अनुसार धाँधली नभएको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।
बुधबार सम्पन्न भएको मतदानको क्रममा भएको बम बिस्फोटमा केही मानिसको ज्यान गएको थियो ।
पाकिस्तानको २७२ स्थानमा ११३मा पाकिस्तान तहरिक ए इन्साफ पार्टीले अग्रता कायम गरेको छ ।
पूर्व प्रधानमन्त्री नवाज शरिफको पार्टीलगायतका नेताहरूले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया