इंग्ल्याण्ड। इस्ट लण्डन ११ विरुद्धको तेस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिम जित हात पारेको छ ।
युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अभ्यास खेलमा इस्ट लण्डन ११ को टिमलाई २ सय २३ रनको शानदार जित दर्ता गराएको हो । यसअघि भएको दोस्रो अभ्यास खेलमा भने नेपाल पराजित भएको थियो ।
टस हारेर पहिलो व्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३८ रनको विशाल योगफल तयार पारेको थियो । नेपालका लागि अनिल कुमार शाहले शतकीय पारी खेले । उनले १ सय १८ बलमा १ सय ३१ रन बनाएका थिए ।
त्यस्तै, शरद भेषवाकरले ९८ रन तथा सोमपाल कामीले २९ रनको योगदान दिए । इस्ट लन्डनका अर्शलान खानले ३ तथा नविल अजिजले २ विकेट लिए । ३ सय ३९ रनको विजयी लक्ष्य लिएर मैदान उत्रको इस्ट लण्डन ३८ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १५ रन मा बनाउन सक्यो ।
नेपालका लागि शक्ति गौचनले ४, करन केसी र ललितनारायण राजबंशीले समान दुर्इ—दुर्इ विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह एेरीले एक —एक विकेट हात पारे ।
इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–२० सिरिज र नेदरल्याण्डसँगको एकदिवसीय क्रिकेट सिरिजको लागि युरोपमा रहेको नेपाली टोलीले अभ्यास खेल खेलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया