अमेरिका । प्रि–सिजन अन्तर्गत अमेरिकामा भ्रमणमा रहेको इंग्लिस क्लब लिभरपुल विजयी भएको छ ।
बुधबार बिहान सम्पन्न भएको इन्टरनेसनल च्याम्पियन्सकपमा लिभरपुलले म्यान्चेस्टर सिटीलाई २—१ गोल अन्तरले पराजित भएको हो ।
लिभरपुलका लागि मोहम्मद सलाह र साडियो मानेले समान एक—एक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिएको सिटीका लागि ५७ औं मिनेटमा लेरोए सानेले पहिलो गोल गरे ।
त्यस्तै, ६३ औं मिनेटमा सलाहले गोल गर्दै खेललाई एक—एक गोलको बराबरीमा ल्याए ।
खेल सकिनै लाग्दा मानेले गोलगरेपछि सिटी स्तब्ध बनेको थियो । प्रि—सिजनमा लिभरपुलले पाएको यो पहिलो सफलता हो । यसघि भएको पहिलो प्रि—म्याचमा लिभरपुल बोरुसिया डर्टमुण्डसँग पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया