एजेन्सी । इण्डोनेशियाको राजधानी जाकर्ताको नगर सरकार हाल आलोचना र व्यङ्ग भोगिरहेको छ । यसको पछाडी उसले नदीहरु छोप्न किनिएका विशाल नाइलनका जालीहरु रहेका छन् ।
केही हप्ता पछाडि यस देशमा एशियन गेम आयोजना हुन लागिरहेको अवस्थामा उसले प्रदुषित र दुर्घन्धीत नदीको लागि यस्तो व्यवस्था गर्न लागेको हो ।
केन्द्रिय जाकार्तामा बनाइएको खेलाडीहरु बस्ने ‘खेल ग्राम’ छेउ भएर बग्ने सेन्टीओङ्ग नदी यति प्रदुषित छ कि मानिसहरु यसलाई ‘काली आइटम’ वा कालो नदी भन्छन् ।
सढेको जस्तो गन्ध र कुरुपता छोप्नको लागि प्रशासनले केही अघि जुलाईमा एक ६०० बाई २० मिटरको कालो जाली प्रयोग गरेको थियो ।
“यो जालि नदीहरुको सौन्दर्य बढाउनको लागि लगाइएको हो ताकी अन्तराष्ट्रिय खेलाडीहरुले नदीको पानि प्रत्यक्ष नदेखुन्,” एक अधिकारीले भने ।
जाकर्ता नगरका उप–गर्भनर सान्दिआगो उनोका अनुसार नदी सौन्यदर्यकरणको मुल्य ५८ करोड इण्डोनेशियन रुफियाँ रहेको छ ।
सहर प्रशासन भने आफूले चालेको यस कदमको लागि आलोचना र व्यङ्ग्यको निशानामा परेको छ । मानसहरुले नगर सरकारले नदी सफा गर्ने भन्दा छोप्नमा बढी ध्यान दिएको भनेर आलोचना गरेका छन् ।
जाकर्ताका गर्भनर एनिस् बस्वेडनले आफु पदमा आउनु अघिदेखि यो समस्या रहेको तर्क गरेर आफ्नो बचाउ गरे ।
“यदी विगतको प्रशासनले यो मुद्धामा ध्यान दिएको भए कालो नदीको समस्या हाम्रो काधँमा आउदै आउदैनथ्यो,” उनले भने ।
राष्ट्रिय विकास र योजना बोर्डले फेब्रुअरीमा रिपोर्ट गरे अनुसार इण्डोनेशियाको राजधानीका ९६% नदीका पानीहरु प्रदुषित छन् ।
यस समस्या समाधानको लागि सरकारले विभिन्न स्थानमा फोहोर प्रशोधन प्लान्ट निर्माण गरिरहेको छ भने पश्चिम जाभाको बोगोरमा रहेको बाँधबाट पानी ‘पम्प’ गरेर यहाँको दुर्घन्धित पानीहरुलाई ‘फ्लस’ गर्ने योजना बनाइरहेको छ ।
ओलम्पिक पछिको ठूलो खेल प्रतिस्पर्धा मानिने ‘एशियन गेम’को पछिल्लो सस्करण १८ अगस्टबाट इण्डोनेशीयामा शुरु हुदैछ । यसमा एशियाका ४५ देशका खेलाडीहरुले विभिन्न खेलहरुमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता इण्डोनियाका दुई सहरहरु जाकर्ता र पलेमब्याङ्गमा आयोजना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया