पाकिस्तान । बुधबार पाकिस्तानमा २ सय ७२ सिटको लागि भएको आम निर्वाचनको मतगणना जारी रहेको छ ।
प्रारम्भिक मतगणनाबाट प्राप्त तथ्याङ्कलाई हेर्दा पूर्व क्रिकेटर इमरान खानको पार्टी तरिक–ए–इन्साफ(पीटीआई) सरकार बनाउने बाटो तर्फ अघि बढीरहेको देखिन्छ ।
पाकिस्तानी समाचारपत्र डनका अनुसार ४७% मतदान केन्द्रहरुको मत गणना भइसक्दा पीटीआई ११३ सिटमा अगाडि रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया