एन्फाले प्रशिक्षणका लागि खेलाडीलाई थाइल्याण्ड पठाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ 'एन्फा'ले राष्ट्रिय यू-२३ खेलाडीलाई थप प्रशिक्षणका लागि थाइल्याण्ड पठाउने भएका छन् ।

एन्फाले बिहीबार खेलाडीलाई १० दिनको थप प्रशिक्षण लिन थाइल्याण्ड पठाउने निर्णय गरेको हो  । मुख्य प्रशिक्षक ग्यातुकी कोजी सहित २९ जना खेलाडी आउदो अगस्ट ३ तारिख थाइल्याण्ड प्रस्थान गर्ने बताइएको छ ।

नेपाली खेलाडी अहिले १३ औं एशियाली खेलकुद र 'साफ' च्याम्पियनसिपको तयारीमा जुटिराखेका छन् ।

एशियन गेम इन्डोनेशिया र साफ च्याम्पियनसिप बंगलादेशले आयोजना गर्दैछ । एशियन गेम अगस्ट १४ देखि सेप्टेम्बर १ सम्म चल्नेछ भने साफ च्याम्पियनसिप सेप्टेम्बर ४ देखि १४ तारिखसम्म हुनेछ ।

समूह ‘ए’ मा रहेको नेपालले  जापान, भियतनाम र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ ।  

थाइल्याण्ड प्रस्थान गर्ने खेलाडीको नामावली :- 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?