फेसबुकको विकासमा ठूलो झड्का

काठमाडौं । डाटा लीक जस्तो प्रमुख मामलामा चलेको विवादले फेसबुकको विकासमा ठूलो झड्का पुगेको छ । सोसल मीडियाको दिग्गज मानिएको कम्पनी फेसबुकको विगत एक वर्षदेखि कन्टेन्ट पोलिसी अनि निजी डाटाको सुरक्षामा असफलता एवं विज्ञापनदाताहरुको लागि पनि यसको फेरिएको नियमका कारण आलोचीत बन्नु पर्यो । 

फेसबुकले यो वर्षको दोस्रो क्वार्टरसम्म आउँदा नोक्सानी बेहोरेको छ । बुधबार फेसबुकमा जारी एक बयान अनुसार फेसबुकको यूजर ग्रोथ अनि बिक्रीमा कमी आएको छ । उक्त बयानमा भनिएको छ कि यो वर्ष राम्रो प्रदर्शनको आशा गर्नु उचित नहुन सक्छ ।

बुधवार फेसबुकका वित्तीय अधिकारी डेभिड वेइनले बताएका छन् कि कम्पनीको मुनाफा तेस्रो र चौथो क्वार्टरमा कमी हुन सक्छ । यस घोषणा पछि कम्पनीको शेयरमा २४ प्रतिशतको गिरावट देखियो । यस गिरावटका कारण मार्क जुकरबर्गले १६८ करोड डलर नोक्शानीको सामना गर्नु पर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?