काठमाडौं । नेपाल प्रहरीका निवर्तमान एआइजी जयबहादुर चन्द समाजसेवामा सक्रिय भएका छन् । चेतना अभियान नेपाल नामक एक गैरसरकारी संस्थाबाट समाजसेवामा सक्रिए भएका हुन् ।
चन्द अध्यक्ष रहेको सो संस्था केही दिनअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ । अध्यक्ष चन्दले सामाजिक विकृति, धार्मिक तथा सस्कृतिका नाममा हुने गरेका कु–प्रथा र परम्पराका विरुद्ध जागरण ल्याउने बताएका छन् ।
त्यस्तैं, स्वास्थ्य र शिक्षालाई पनि विशेष प्राथमिकतामा राखिएको छ । चन्दको समूहमा चिकित्सक, शिक्षाविद, मानवअधिकारकर्मी र नागरिक अभियान्ताहरु समेत समेटिएका छन् ।
विशेष गरी महिला हिंसाका विरुद्धका घटना दाइजो प्रथा, बोक्सीको आरोप, छाउपडी, देउकी, छुवाछुत र बालबिबाह नियन्त्रण गर्न जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्नुका साथै पीडितका पक्षमा कानुनी वकालत गर्ने बताएको छ ।
३० वर्ष लामो प्रहरी जीवनबाट आर्जेका अनुभव, सीप र ज्ञानलाई राष्ट्र र नागरिकको सेवामा लगाउन समाजसेवामा आएको चन्दले बताए । यसअघि चन्द नेपाल काँगे्रसमा प्रवेश गरी राजनीतिमा सक्रिय हुने आकलन गरिएको थियो ।
चन्द प्रहरी महानिरीक्षकमा नियुक्त भएको २४ घण्टा नवित्दै सर्वोच्च अदालतको आदेशपछि कार्यान्वयनमा आउन नसकेपछि चर्चामा आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया