चीनको गुईझाउमा विश्वको सबैभन्दा ठूलो कृतिम झरना

एजेन्सी । चीनको गुईझाउमा विश्वको सबैभन्दा ठूलो कृतिम झरना बनाइएको छ । 

१०८ मिटर अग्लो झरना गुईझाउको राजधानी गुईयाङ्गमा बनेको एक भव्य नयाँ गगनचुम्मी भवनबाट खसिरहेको छ ।

१२१ मिटर अग्लो उक्त भवनलाई लेइवियन अन्तर्राष्ट्रिय प्लाजा नाम दिइएको छ । यो बहुउपयोगी गगनचुम्मी भवन हो । यहाँ एक होटेल, सपिङ्ग मल र कार्यालयहरु रहने छन् ।

तर भवनमा झरना निर्माण गर्ने कार्य त्यति सजिलो भने छैन । यसैले यसलाई विशेष अबसरमा मात्र प्रयोगमा ल्याइने एक अधिकारीले स्थानीय मिडियालाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?