काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुन १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
वैशाख २० गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन । भोलि जारी हुने कुल ट्रेजरी मध्ये २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ बराबरको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यी ट्रेजरीहरुको परिवक्व हुने अवधि क्रमश : २०७९ जेठ १७ गते, २०७९ साउन १७ गते, २०७९ कात्र्तिक १५ गते र २०८० वैशाख १९ गते तोकिएका छन् ।
राष्ट्र बैंकका अनुसार यसरी जारी गरिने कुल ट्रेजरीमध्येमा १५ अर्ब रुपैयाँ बराबरको नयाँ र बाँकी चार अर्ब १० करोड रुपैंयाँ बराबरको ट्रेजरी पुरानो नवीकरण अन्तर्गतको रहेको छ । गत साता पनि राष्ट्र बैंकले १८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया