काठमाडौं । नेपालका दोस्रो बरियताका दीपेस धामीसहित बंगलादेशका मोहम्मद सलमान खान राजधानीमा जारी अन्नपूर्ण पोष्ट अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको सेमिफाइनलमा पुगेका छन् ।
बिहिबार भएको क्वार्टरफाइनल चरणको आआफ्नो खेलमा जित हात पार्दै दीपेश र सलमानले प्रतियोगिताको अन्तिम चारमा पुगेका हुन् ।
बिभागीय टोली एपिएफका दीपेसले अर्काे बिभागीय टोली नेपाल पुलिस क्लबका जिवन आचार्यमाथी २१–१०, २१–९ को सेटमा पराजित गरे ।
त्यस्तै, बंगलादेशका सलमानले भारतका शुभ देयलाई २१–९, २१–९ को सहज सेटमा पराजित गरे । दीपेस र सलमानसँगै त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन र स्लिक किचेनका प्रिन्स दाहाल पनि सेमिफाइनलमा पुगेका छन् ।
रुकेसले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २१–१६, २१–१६ ले पराजित गर्दा प्रिन्सले नेपाल पुलिस क्लबका बिष्णु कटुवाललाई २१–१८, २१–१४ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।
यससँगै प्रतियोगिताको सेमिफाइनल चरणको समिकरण पुरा भएको छ ।
प्रतियोगिताअन्तर्गत महिला एकलतर्फ त्रिभुवन आर्मी क्लबकी नङ्सल तामाङ र पाकिस्तानकी सहजेद महुर पनि प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
नङ्सलले बाँकेका सम्झना शर्मालाई २१–१०, २१–९ को सेटमा पराजित गरिन । यस्तै पाकिस्तानकी सहजेदले त्रिभुवन आर्मी क्लबका अनु राईलाई २१–११, २१–११ को सेटले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेकी हुन् ।
उनिहरुसँगै त्रिभुवन आर्मी क्लबका अन्य दुई खेलाडी रसिला महर्जन र अमिता गिरी पनि प्रतियोगिताको अन्तिम चारमा पुगेका छन् ।
क्वार्टरफाइनल चरणको खेलमा रसिलाले एपिएफकी शोभा गौचनलाई २१–१२, २१–८ तथा अमिताले भोजपूरकी सीता राईलाई २१–१७, २१–१६ ले पराजित गरेका हुन् । प्रतियोगिताअन्तर्गत शुक्रबार सेमिफाइनल चरणका खेल हुने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया