बलिउडका यी स्टारहरु जसले आफ्ना सन्तान गुमाउनुपर्‍यो

लोकपथ
1.7k
Shares

काठमाडौं । हामीले सधैँ मनोरञ्जन जगतसँग जोडिएका व्यक्तिहरूलाई ठूलो पर्दामा भूमिका खेलेको देखेका छौँ। आफ्नो अभिनयबाट मानिसको मनमा स्थान बनाएका यी कलाकार वास्तविक जीवनमा कस्ता कठिनाइबाट गुज्रिरहेका छन्, कसैले अनुमान लगाउन सक्दैन ।

आफ्नो कलालाई जनतासामु देखाउने काम उनीहरुले कुनै कसर बाँकी राख्दैनन् । तर उनीहरुको वास्तविक जीवनको बारेमा धेरै कमलाई थाहा हुन्छ। आज हामी तपाईँलाई त्यस्ता बलिउड स्टारहरूको बारेमा बताउन गइरहेका छौँ, जसका सन्तान छोटो उमेरमै संसारबाट बिदा भए ।

गोविन्दा :

गोविन्द

गोविन्दालाई बलिउडको स्वैग म्यान भनेर चिनिन्छ । हामीले गोविन्दाले फिल्ममार्फत मानिसलाई हँसाएका देखेका छौं, तर व्यक्तिगत जीवनमा उनले छोरी गुमाउनुपरेको थियो । उनले आफ्नी चार वर्षकी छोरी गुमाएका थिए । गोविन्दाकी उक्त छोरी समयभन्दा पहिले जन्मिएकी थिइन्, जसको केही समयपछि उनको मृत्यु भएको थियो । अहिले गोविन्दाका दुई सन्तान छन्, टीना र यशवर्धन आहुजा।

जगजीत सिंह : 

जगजीत सिंह आफ्नी श्रीमती र छोरासँग

जगजीत सिंह र चित्राले आफ्नो १८ वर्षीय छोरालाई सन् १९९० मा कार दुर्घटनामा गुमाए । त्यसपछि दुवैले संगीतको दुनियाबाट ब्रेक लिए तर एक वर्षपछि जगजीत सिंह भने संगीतको दुनियामा फर्किए । उनले संगीतको माध्यमबाट आफ्नो व्यथा व्यक्त गर्न थाले ।

कबीर बेदी :

कबीर बेदी आफ्ना छोराछोरीसँग

बलिउड अभिनेता कबीर बेदीले अहिलेसम्म चार विवाह गरिसकेका छन् र दुई सन्तानका पिता हुन्। उनीहरुमध्ये एक छोरा सिद्धार्थलाई सिजोफ्रेनिया भएको थियो जसका कारण उनले २६ वर्षको उमेरमा आत्महत्या गरेका थिए । उनले आफ्नो छोरालाई बचाउन सक्दो प्रयास गरे ।

शेखर सुमन : 

शेखर सुमन

सन् १९८३ मा अलका सुमनसँग विवाह गरेपछि शेखर सुमनले दुई छोरा आयुष र अध्यायन सुमनका पिता बनेका थिए, बलिउड एङ्कर, निर्माता, अभिनेता र गायक अध्यायन सुमन एक अभिनेताको रूपमा चलचित्रहरूमा देखा पर्दा, उनका जेठा छोरा आयुषले केवल २६ वर्षको उमेरमा हृदय रोग पछि संसारबाट बिदा भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?