काठमाडौं । गुरु ब्रह्मा, गुरु विष्ण्, गुरुदेव महेश्वर, गुरुः साक्षात परम बह्मा तस्मै श्री गुरुदेव नमः गुरुको महिमा गायिएको यो मन्त्र हिन्दु धर्मालम्बीहरुबीच प्रिय छ ।
आज गुरुपूर्णिमाको दिन देशभरि नै उल्लासपूर्ण वातारवरणमा मनाइँदै छ ।
पूर्वीय परम्परा अनुसार आजको दिनलाई गुरुपूर्णिमाका रुपमा मनाइँदै आइरहेको छ ।
आफूलाई अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी उज्यालोतिर लैजाने गुरुलाई सम्मान गरिने दिनका रुपमा लिइने आजको विशेष दिनमा खेलाडीहरुले पनि हर्षोल्लास साथ मनाइका छन् ।
यसैविच, नेपाली राष्ट्रिय फुटबल टोलीले पनि गुरुपूर्णिमा मनाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बन्द प्रशिक्षणमा बसेका खेलाडीहरुले गुरुपूर्णिमा मनाएको हो ।
इन्डोनेशियामा हुने १३ औँ एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीमा रहेका फुटबल खेलाडीहरुले गुरुलाई पुजेर आजको प्रशिक्षण शुरु गरेका थिए । नेपाली टोली अर्को साता १० दिने थप वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड जादैँछ ।
त्यस्तै, एथ्लेटिक्सका खेलाडीहरुले पनि गुरु पुर्णिमा मनाए । शुसिल नरसिंह राणालाई पुज्दै खेलाडी हर्षोल्लाससाथ मनाएका हुन् । त्यस्तै, खेलका खेलाडीहरुले पनि धुमधामका साथ गुरुपूर्णिमा मनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया