रियल म्याड्रिडको नजर इडिन्सन काभानीमाथि

म्याड्रिड । रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डोको विकल्पमा इडिन्सन काभानीलाई सम्भावित खेलाडीका रुपमा हेरेको छ । 

रोनाल्डोले रियल छाडेसँगै म्याड्रिडले सम्भावित खेलाडीको छनोट गरिरहेको छ । यस्तैमा रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेनका ‘पिएसजि’का फरवार्ड काभानीलाई क्लबमा भित्राउने तयारी गरिरहेको बताइएको छ ।

रोनाल्डो १ सय मिलियन पाउण्डमा रियल म्याड्रिडबाट युभेन्ट्समा आवद्ध भएका थिए । 

यता, पिएसजीकै ब्राजिली स्टार खेलाडी नेयमार र फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पे भन्दा सस्तोमा भित्राउन सकिने सम्भावना भएकोले पनि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले काभानीमा चासो देखाएका हुन्। 

काभानी सन् २०१३ मा नेपोलीबाट पिएजसी आवद्ध भएका थिए । काभानीको पिएसजीसँग  सम्झौता सन् २०२० सम्मको छ ।

पिएसजीले भने उनलाई ८९ मिलियन पाउन्ड भन्दा कममा नबेच्ने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?