काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कुमार बहादुर खत्री पुनः नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको वैशाख १५ गते सम्पन्न सञ्चालक समितिको बैठकले खत्रीलाई आगामी चार वर्षका लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन शंकायमा स्नाकोत्तर गरेका खत्रीले नेपाल इन्स्योरेन्स कम्पनीको अधिकृतपदबाट इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेका थिए ।
दुई दशकभन्दा बढी इन्स्योरेन्स क्षेत्रमा काम गरिसकेका खत्रीले यसभन्दा अगाडि नेपाल इन्स्योरेन्स, एनबी इन्स्योरेन्स (हालको आइएमइ जनरल इन्स्योरेन्स), लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको व्यवस्थापकीय तहमा रहेर काम गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया