सलिना महर्जन बनिन् १६औँ मिस नेवाः

लोकपथ
119
Shares

काठमाडौं । नेप्लीज फेसन होमद्वारा आयोजित १६ औँ संस्करणको मिस नेवाः सलिना महर्जन भएकी छिन् ।

आइतबार साँझ राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा उनले १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै सो उपाधि जितेकी हुन् ।

उनलाई गत वर्षकी मिस नेवाःले ताज पहिराइदिएकी थिइन् भने उनले मुख्य उपाधिको साथमा नगद एक लाख र नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दूत पनि नियुक्त भएकी छिन् । प्रतियोगितामा काठमाडौं ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुर ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर्सअप भए ।

एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ मुख्य निर्णायक रहेको प्रतियोगितामा नेपाल टेलिकमका म्यानेजर सरोज शाक्य, ओजेश सिंह, अशोककुमार श्रेष्ठ, प्रवेशमान शाक्य, एलिशा बज्राचार्य, लक्ष्मण महर्जन, मनीश्री रत्न बज्राचार्य र मञ्जु कार्की पाण्डे प्रतियोगिताको निर्णायकमा थिए ।

रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पूर्व उद्योग मन्त्री रविभक्त श्रेष्ठ अतिथिको रूपमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?