कहाँ-कहाँ हुँदैछ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता ?

काठमाडौं। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल स्थलको टुङगो लागेको छ । 

आगामी मंसिर २१ देखि २८ सम्म बाँकेको नेपालगञ्जमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ ।  

खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा र प्रतियोगिताको मुल आयोजक समारोह समितिको बैंठकले प्रतियोगितामा समावेश खेलहरु खेलाउने ठाँउको शुक्रबार टुङगो लगाएको हो । 

आठौँ राष्ट्रिय खेलकुदका अधिकांश खेल बाँके जिल्लामा हुनेछन् भने केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत हुनेछन् ।

त्यस्तै, बैंठकले राष्ट्रिय प्रतियोगिताको नेपालगञ्ज रंगशालामा उद्घाटन र समापन गर्ने निर्णय गरेको पनि जानकारी दिएको छ । त्यसलाई स्तरोन्नती गर्दै ३ महिनाभित्र फोल्डिङ प्याराफिट बनाइसक्ने पनि खेलकुद मन्त्री  विश्वकर्माले बताए  ।  नेपालगञ्ज रंगशालामा पुरुष फुटबलसहित एथ्लेटिक्सका विभिन्न स्पर्धा हुनेछन् ।

मुल आयोजक समारोह समितिले गरेको निर्णयअनुसार बाँकेका विभिन्न खेल स्थलमा १७ वटा खेलहरु हुनेछन् । त्यस्तै, बर्दियामा ४, दाङमा ७, कपिलवस्तुमा १ र रुपन्देहीमा ४ खेलहरु हुने बताइएको छ । 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?