काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणको लागि वैशाख २८ गतेदेखि (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० अङ्कित दरका २७ लाख ३० हजार सात करोड कित्ता आईपीओ लागि बिक्री खुला गर्न लागेको हो । निष्काशन गरिने कुलमध्ये ५४ हजार ६ सय कित्ता अर्थात् २% कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको र १ लाख ३६ हजार ५०० सय कित्ता अर्थात् ५ प्रतिशत साधारण सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरी बाँकी रहेका २५ लाख ३८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणको लागि बिक्री गर्नेछ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखी अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । उक्त सेयरमा वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म बिक्री खुला हुनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा भने जेठ ११ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो सेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको प्रभु क्यापिटल लिमिटेडले गर्नेछ। कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपाल इक्राले केयर एनपी डबल बी माइनस आईएस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया