काठमाडौं । २०७७ भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको नेपालकै ‘फास्टेस्ट ग्रोइङ रिटेल चेन’ साथीमार्टले एक सय शाखा सुरु गरेको छ । आज (मंगलबार) देखी सुरु भएको आउटलेटको साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं महानायक राजेश हमालले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै हमालले साथीमार्ट इनोभेटिभ, सकारात्मक र विश्वसनीय भएको कम्पनी भएकाले आफू जोडिएको बताए । ललितपुरको सानेपा खरिबोटमा सन्चालनमा ल्याएको सयौँ आउटलेट फ्रेन्चाइज नभई कम्पनीको स्वामित्व अन्तर्गत ’को को मोडल’ मा सुरु गरिएको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सीईओ सागर पोख्रेलले बताए । आउटलेटमा ग्रोसरी, इलेक्ट्रोनिक, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया