सूर्या लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखको नवीकरण गर्दा विलम्ब शुल्कमा छुट

लोकपथ
28
Shares

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखहरुमा पुनर्जागरण गराउँदा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गरेको छ । कम्पनीले वैशाख २१ गतेदेखि जेठ ३१ गतेसम्म तोकिएको सबै प्रक्रिया पूरा गरी पूनर्जागरण (नवीकरण) गराएमा छुट दिने भएको हो।

अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा ३५ प्रतिशत ब्याज मिनाहा हुने कम्पनीले जनाएको छ । सन् २०२२ मा परिपक्क हुने बीमालेखहरुमा यो छुट सुविधा लागू हुनेछैन ।

कम्पनीले सम्पूर्ण बीमितहरुलाई यस अवसरको फाइदा लिन कम्पनीले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?