एनएमबी बैंक र यो-यो जिपलाइनबीच सम्झौता, आन्तरिक पर्यटनमा सहकार्य

लोकपथ
7
Shares

काठमाडौं । एनएमबी बैंक लिमिटेडले यो-यो जिपलाइन प्रालिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ्ग, जिपलाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफी शपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिजा कार्डमार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंककातर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र यो यो को तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका हुन । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता छुट, सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ ।

छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?