प्रथम राष्ट्रिय बाघचाल सम्पन्न, १२ जना पूर्व राष्ट्रिय खेलाडी सम्मानित

काठमाडौं । प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । 

प्रतियोगिता प्रगतिवादी युवा समाज नेपालको आयोजनामा सम्पन्न भएको हो । शनिबार सम्पन्न भएको  उमेर समूह अन्तर्गत १८ वर्ष मुनिको उपाधि रेहान मियाले जितेका छन् ।

त्यस्तै, विवश खकुराल दोस्रो तथा पासाङ तामाङ तेस्रो भएका छन् । 

१८ वर्ष माथि उमेर समूहमा सागर महर्जन पहिलो भए ।  पानभाई पोडे र विष्णु थिङ क्रमशः दोस्रो तेस्रो भएका छन् । बाघचाल प्रतियोगितामा १ सय १४ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा ८ वर्ष उमेरदेखि ८४ वर्षसम्मका खेलाडीहरुको सहभागिता रहेको थियो । 

विजेतालाई प्रगतिवादी युवा समाजका अध्यक्ष प्रविण बस्नेतले नगद पुरस्कारसहित सम्मानपत्र वितरण गरेका छन् । उक्त अवसरमा १२ जना पूर्व राष्ट्रिय खेलाडी र बाघचालको कम्युटर गेम बनाउने रघुनाथ ढुङ्गेललाई सम्मान गरिएको छ ।

जरो किलो महाअभियानका अध्यक्ष डा. निर्मलमणि अधिकारीले पूर्व खेलाडीलाई पनि सम्मान गरेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?