काठमाडाैं : उत्पादनमुलक क्षेत्रको कम्पनी शिवम सिमेन्टले अाज (असार १३) गतेदेखि मकवानपुरका उद्योग प्रभावित स्थानीय वासिन्दाका लागि साधारण शेयर (अार्इपीअो) जारी गरेको छ ।
प्रतिकित्ता १ सय रूपैयाँ फेस भ्यालुमा थप २ सय रूपैयाँ प्रिमियम थपेर अार्इपीअो जारी गर्न शिवमलार्इ नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
भदाै ११ गतेसम्म प्रतिकित्ता ३ सय रूपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि स्थानीयबासीले अावेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
अन्य कम्पनीको शेयरका लागि सी-अाश्वा अनिवार्य भएपनि शिवमले स्थानीयबासीका लागि यो व्यवस्था अनिवार्य गरेको छैन ।
शिवमको शेयर भर्न हेटौंडास्थित महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक तथा ओम डेभलपमेन्ट बैंकबाट आवेदन आवेदन फारम भर्न सकिने बिक्री प्रबन्धक सिद्दार्थ क्यापिटलले जानकारी दिएको छ ।
यस्तै, नेपाल बंगलादेश बैंकको हेटौंडा र मकवानपुरगढी, सेन्चुरी बैंकको हात्तिमुडे, भिमफेदी, मनहरी, दामन, बज्रवाराही, हटिया,चौगढ, कामने र बस्तीपुरबाट पनि सेयर भर्न सकिने तथा बैंक अफ काठमान्डूको हेटौंडा र कुलेखानी शाखामा पनि शेयर अावेदन दिन सकिन्छ । शिवमको फ्याक्ट्रि रहेको स्थानबाट पनि शेयर भर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ।
पहिलो चरणमा स्थानीयलार्इ अार्इपीअो बेचेपछि शिवमले सर्वसाधारणका लागि प्रतिकित्ता ४ सय रूपैयाँका दरले फेरि ४४ लाख कित्ता अार्इपीअो अाब्हान गर्नेछ ।
जारी पूँजी ४ अर्ब ४० करोड रूपैयाँको २ प्रतिशत बराबरको शेयर स्थानीयबासी र १० प्रतिशत बराबरको शेयर सर्वसाधारणलार्इ बिक्री गर्न लागिएको शिवमले जनाएको छ।
शिवमको अार्इपीअोलार्इ इक्रा नेपालले ३-प्लस रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको अवस्था सन्तोषजनक रहेको देखाउने दाबी गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया