काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरुलाई महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने भएको छ ।
ग्राहकलाई उपचारमा छुट दिने गरी बैंक, क्लिनिक र सेन्टरबीच समझदारी भएको हो । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट बैंकका लाइफ स्टाइल यूनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार बैंकका ग्राहकहरुले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको हो । बैंकका ग्राहकहरुले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास–प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगायतमा विशेषज्ञ सेवाहरु तथा सेन्टरबाट हेमाटोलोजी, माईक्रोबायोलोजी, हिस्टोप्याथोलोजी, एमिनो एसी, लगायउतका परिक्षणहरु गर्न सक्ने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया