काठमाडौं । प्रि-सिजन अन्तर्गत अमेरिकामा भएको इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा चेल्सी विजयी भएको छ ।
शनिबारराति सम्पन्न भएको खेलमा इंग्लिस क्लब चेल्सीले इटालियन क्लब इन्टर मिलानलाई टाइब्रेकरमा ५-४ गोलले पराजित गरेको हो ।
नयाँ प्रशिक्षक माउरीसियो सारीको प्रशिक्षणमा चेल्सी हात पारेको यो दोस्रो जित हो । खेल शुरु भएको ८ मिनेट पनि बित्न नपाउँदै चेल्सीका लागि सेस फाब्रिगासले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
प्रतिस्पधात्मक खेलको पहिलो हाफसम्म १-० गोलले पछाडी रहेको इन्टरले मिलानले ४९ औं मिनेटमा बराबरी गोल फर्काए ।
मिलानका लागि रोबर्टो गाग्लीरडिनीले गोल गरे ।
निर्धारित समयसम्म दुवै क्लबबाट समान १—१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
त्यस्तै, शनिबारराति नै भएको अर्को खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४-१ गोल अन्तरले हरायो ।
लिभरपुललाई जित दिलाउन साडियो माने, ड्यानियल स्टुरिज, सेई ओजो र जाड्रन शाकिरीले समान १-१ गोल गरेका थिए । यता म्यान्चेस्टर युनाइटेडका लागि आन्द्रेस पेरियराले एक गोल फर्काएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया