इंग्ल्याण्ड । इंग्ल्याण्ड टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार मेरिलेबोन क्रिकेट क्लब ‘एमसीसी’ र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज खेल्दैछ ।
इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा हुने खेल आइतबार साझ ६ः १५ बजेपछि शुरु हुनेछ । सवा ६ बजे हुने पहिलो खेलमा नेपाले ‘एमसीसी’सँग र राती २० बजे हुने अर्को खेलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
एमसीसीको कप्तानी श्रीलंकाली क्रिकेटर माहेला जयबर्दनेले गर्नेछन् । मैत्रीपूर्ण भए पनि नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आईसीसीले अन्तर्राष्ट्रि टी–२० मान्यता दिएको छ । दुवै टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएका टोलीहरु हुन् ।
नेपाली टोलीका कप्तान पारस खड्काले आज हुने खेल निक्कै महत्वपूर्ण भएको र खेल जित्ने लक्ष्यका साथै मैदानमा उत्रने बताए ।
दुई वर्ष अघि लर्ड्स मैदानमा नै नेपाल ‘एमसीसी’सँग भएको मैत्रीपूर्ण खेलमा ४१ रनले पराजित भएको थियो ।
एक साताअघि इंग्ल्याण्ड पुगेको नेपाली क्रिकेट टोलीले त्यहाँको स्थानीय क्लवहरसँग दुई एकदिवशीय र दुई टी–२० अभ्यास खेल खेलेको थियो ।
तस्वीर : रमन सिवाकोटी
जसमध्ये नेपालले तीन खेलमा जित र एक खेलमा हार व्यहोर्रेको थियो । त्रिकोणात्मक सिरिजपछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । जहाँ नेपालले नेदरल्याण्ड्ससँग ऐतिहासिक एकदिवशीय सिरिज खेल्नेछ ।
एकदिवशीय मान्यता पाएपछि नेपालले पहिलो पटक सिरिज खेल्न लागेको हो । आगामी बुधबार र शुक्रबार नेपालको एकदिवशीय खेल खेल्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया