अमेरिका । प्रि–सिजन अन्तर्गत अमेरिकामा रहेको स्पेनिस क्लब बार्सिलोनाले इन्टरनेशनल च्याम्पियन्स कपमा जित हात पारेको छ ।
शनिबारराति सम्पन्न भएको खेलमा बार्सिलोनाले इंग्लिस क्लब टोटनह्यामलाई टाइब्रेकरमा ५—३ गोलले हराएको हो ।
निर्धारित समयसम्म दुवै क्लब २–२ गोलको बराबरीमा रोकिएपछि खेलमा पेनाल्टी शुटआउट गरिएको थियो ।
खेल शुरु भएको १५ मिनेट पनि बित्न नपाउँदै बार्सिलोनाका लागि मुनिरले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । २९ औं मिनेटमा अर्थरले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता लियो ।
दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको टोटनह्यामका लागि ७३ औं मिनेटमा सन ह्योङ–मिनले गोल गर्दै खेललाई २—१ को स्थितीमा ल्याए ।
लगतै, जर्ज एनकोउडुले गोल गरेपछि खेल दुई—दुई गोलको बराबरीमा पुग्यो । त्यसपछि खेलमा थप गोल भएन् र खेल टाइब्रेकरमा धकेलियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया