विश्वभरिका ४९ टिमलाई पछि पार्दै नेपाली छात्रा प्रथम

काठमाडौं । अमेरिकामा हालै सम्पन्न अन्तर्राष्ट्रियस्तरको ‘इमाजिन कप २०१८’ अन्तरगतको ‘आर्टिफिसियल इन्टेलिजेन्स’ विधामा नेपाली छात्राले प्रथम स्थान हात पार्न सफल भएकी छिन् ।

एदा अहिले नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरमा तेश्रो वर्षमा अध्ययनरत छिन् ।

उनको नेतृत्वमा दुईजना साथीहरूको टिमले अन्तर्राष्ट्रियस्तरको अन्तरगतको आर्टिफिसियल इन्टेलिजेन्स विधामा प्रथम स्थान हासिल गरी १५ हजार अमेरिकी डलर समेत हात पारेका छन् । 

नेपाल इन्जिनियरिंग कलेज चाँगुनारायण भक्तपुरका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठका अनुसार उनीहरुले उक्त प्रतियोगितामा नेपालको मात्र नभई दक्षिण पूर्व एसिया क्षेत्रको नै प्रतिनिधित्व गरेका थिए ।

मलेसियामा भएको क्षेत्रीय प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि विश्वस्तरको उक्त प्रतियोगितामा भाग लिने मौका ती नेपाली विद्यार्थीहरूले पाएको कलेजका प्राचार्य प्राडा श्रेष्ठले जानकारी गराए । 

प्रतियोगितामा विभिन्न देशका ४९ टिमले भाग लिएको जनाइएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट घोषित हुनुले नेपाल तथा दक्षिण पूर्व एसिया क्षेत्रले नै गर्व गर्ने मौका पाएको छ । अर्जुन दृष्टि लगाएपछि स्रोत साधनको अभाव केवल एक बहाना मात्र हुन्छ भन्ने कुरा आफ्ना विद्यार्थीले प्रमाणित गरेको कलेजका प्राचार्य प्राडा श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?