२२ सय ३८ अंकमा खुम्चियो सेयर बजार : तीन दिन बजार खुल्दा ४ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच

लोकपथ
42
Shares

काठमाडौं । यो साता पनि नेप्से लगातार ओरालो लागेको छ । नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन खुल्ने भएपनि यो साता दुई दिन सार्वजनिक बिदा परेको थियो । सोही कारण तीन कार्य दिन मात्र नेप्से खुलेकोमा तीन दिन नै नेप्से घटेको छ । जसबाट नेप्से २२ सय ३८ दशमलव ६२ अंकमा खुम्चिएको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार सय ३२ दशमलव ५५ अंकमा खुम्चिएको छ ।

नेप्से खुम्चिएकै कारण यो साता कारोबार रकममा पनि कमी आएको छ । सातामा दुुई सय ३३ वटा कम्पनीहरुको ९३ हजार दुई सय २६ पटकको कारोबारमा एक करोड २२ लाख ५५ हजार आठ सय ६७ कित्ता सेयर किनबेच भएको छ । जसबाट कुल कारोबार रकम चार अर्ब ३४ करोड ७२ लाख ७९ हजार एक सय ८६ रुपैयाँ पुुगेको छ । गत साता भने यस्तो कारोबार रकम आठ अर्ब २० करोड ५७ लाख ८२ हजार ३६ रुपैयाँ रहेको थियो । उक्त साता दुुई सय ३९ वटा कम्पनीहरुको एक लाख ६७ हजार सात सय ९८ पटकको कारोबारमा दुई करोड २५ लाख ६६ हजार ६० शेयर खरिद–बिक्री भएको थियो ।

यो साता दोस्रो र चौथौ र पाँचौं कार्य दिन मात्र नेप्से खुल्ला रहेकोमा तीन कार्य दिन नै नेप्से घटेको थियो । जसअनुसार पहिलो दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो भने दोस्रो दिन खुलेको नेप्से ४८ दशमलव ७३ अंकले घटेर दुुई हजार तीन सय सात दशमलव ४४ अंकमा झरेको थियो । तेस्रो दिन पनि सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो भने चौथो दिन पुन नेप्से ३१ दशमलव ७६ अंकले घटेर दुुई हजार दुई सय ७५ दशमलव ६८ अंकमा खुम्चिएको थियो । पाँँचौं दिन पनि नेप्से ३७ दशमलव छ अंकले घटेर २२ सय ३८ दशमलव ६२ अंकमा खुम्चिएको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दोस्रो दिन आठ दशमलव ४५ अंंकले घटेर चार सय ४१ दशमलव ७९ अंकमा खुम्चिएकोमा चौथो पनि पुन चार दशमलव नौं अंंकले घटेर चार सय ३६ दशमलव ८८ अंकमा सिमित हुन पुगेको छ । पाँचौं दिन पनि सेन्सिटिभ इन्डेक्स चार दशमलव ३४ अंकले घटेर चार सय ३२ दशमलव ५५ अंकमा खुम्चिएको थियो ।

नेप्सेमा यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल टेलिकम, नबिल बैंक, हिमायलयन डिष्ट्रिलरी प्र्राली लगायतका कम्पनीहरु अगाडि देखिएका छन् । यसैगरी सेयर कारोवार भएको संख्याको आधारमा नेपाल टेलिकम, नबिल बैंक अगाडि देखिएका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?