एनएमबी बैंक र केयुकेएलबीच सम्झौता, बिना झन्झट महशुल भुक्तानी गर्न सकिने

लोकपथ
28
Shares

काठमाडौं । एनएमबी बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता गरी अब एनएमबी बैंकको ग्राहकहरुले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौं उपत्यका खानेपानीको महशुल बिना कुनै झन्झट तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबी बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर त्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१ उपाधीबाट सम्मानित भएको बैंक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?