काठमाडौं– नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध सानदार जित दर्ता गराएको छ ।
नेपाल, नेदरल्याण्डस र एमसीसी बीचको त्रिकोणात्मक श्रृखंला अन्तर्गत लर्डसमा आज दोस्रो खेल भएको थियो । जसमा नेपालले मसीसीविरुद्ध ९ विकेटको सानदार जित दर्ता गराएको हो ।
एमसिसीको ४१ रनको लक्ष्य पछ्याएको नेपालले ८ बल बाँकी छँदै लक्ष्य पुरा गरेको हो। नेपालका लागि सुबास खकुरेलले नटआउट १६ रन बनाए भने उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाए। यस्तै अनिल साहले ९ रनको योगदान दिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मसिसीले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ४० रन बनाएको हो।
एमसिसीलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले २ विकेट लिए।
वर्षाले प्रभावित भएपछि खेल ६ ओभरमा छोट्याइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया