कविता लेख्न सिक्दै मेसिन

एजेन्सी : प्रविधि क्षेत्रले विकास गरेको कृत्रिम (बौद्धिकता–एआई) मेसिनले कविता लेख्न थालेको छ ।

अनुसन्धानकर्ताहरूले एक दिन एआईले शेक्सपियरिन सनेट ठीक सँग लेख्न सक्ने विश्वास व्यक्त गरेका हुन् ।

अनुसन्धानकर्ताहरूले आइबीआएमको उपयोग गरी एआईलाई सनेट लेख्न लगाएका छन् ।

अनुसन्धानकर्ताहरूले फ्रि अनलाइन डेटाबेसबाट २६०० सनेट लिएर एआईलाई त्यस्ता सनेट लेख्न तालिम दिए ।

आईलाई कविता लेखन तालिम दिन आइबीएम अनुसन्धान अस्ट्रेलियाका अगुवा जे हानको टोलीले तीन टेक्निको उपयोग ग-यो ।

एकले राइमको प्याटर्न वा तुक मिलाउने विधिलाई अध्ययन ग¥यो, अर्कोले भाषाको टाइप गर्न सिक्यो र अर्कोले तुक मिलाएर लाइन कसरी बनाउने तरिका सिकेको छ ।

एआईले आफ्नो कामबाट केही क्षेत्रमा मानिस भन्दा धेरै राम्रो काम गर्न सकेको देखिएको छ ।

एआईले शेक्सपियिरयन सनेट राम्ररी लेख्न सकेपनि सनेटमा भावना दिन सक्ने विषयमा संघर्ष गर्नुपर्छ ।

अर्थात् कवितामा भावनाको प्रस्तुति दिन एआई कमजोर हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?