अमेरिका र तालिबान वार्ता सकारात्मक दिशामा

एजेन्सी:  अमेरिका र तालिबान प्रतिनिधिहरूबीच भइरहेको वार्ता सकारात्मक दिशमा अगाडि बढिरहेको छ ।

गत साता दोहामा अमेरिकाका एक बरिष्ठ कुटनीतिज्ञ र तलिाबानका प्रतिनिधिबीच भएको वार्ता धेरै सकारात्मक दिशामा अगाडि बढिरहेको सम्बद्ध स्रोतले जनाएको छ ।

आइतबार उनीहरूबीच छलफल भएको जनाइएको छ । अमेरिकी टोलीको नेतृत्व अलाइस वेल्स र तलिबान प्रतिनिधिबीच छलफल भएको हो ।

तालिबान स्रोतका अनुसार अमेरिकी प्रतिनिधिहरूसँगको वार्ता धेरै सकारात्मक गइरहेको संकेत पाइएको छ ।

दोहा होटलमा तालिबानी प्रतिनिधिहरूलाई राम्रो व्यवहार गरिएको थियो ।

अफानिस्तानमा १७ वर्ष लामो संघर्षलाई समाप्त पार्न अमेरिकाले पहल लिएको छ । ग

त महिना इद अल फित्रको अवसरमा ३ दिने अभूतपूर्व युद्ध विराम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?