त्रिकोणात्मक टि-२० : नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता (तस्वीर सहित)

इंग्ल्याण्ड  ।  लर्ड्समा  सम्पन्न त्रिकोणात्मक टि-२० सिरिजमा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन् । 

इंग्ल्याण्डको लर्डस मैदानमा आइतबारराति सम्पन्न भएको खेलमा दुवै टिमले समान एक-एक खेल जित्दै उपाधि बाडेका हुन् ।

मेरिलेबोन क्रिकेट क्लब ‘एमसीसी’लाई नेपाल र नेदरल्याण्ड्सले हराएका थिए । यता, नेपाल र नेदरल्याण्ड्सबीचको खेल भने वर्षाले प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको हो । 
‘एमसीसी’ विरुद्धको खेल पनि वर्षाले प्रभावित बनेपछि खेल ६ ओभरमा खेलाइएको थियो ।

लर्डस मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४ विकेटको क्षतिमा १ सय ६४ रन बनाउँदा पानी परेको थियो ।  १६ दशमलब ४ ओभरमा पानी पर्न शुरु गरेपछि स्थगित भएको खेल पुनः सुचारु हुन सकेन् ।

 नेदरल्याण्ड्स लागि वेस्ले बेरेसीले ४४ रन तथा रियान टेन डसस्केचले ३७ रन जोडेका थिए । त्यस्तै, मिचले  रिप्पोनले ३८ तथा स्कट एडवार्डले ३७ रनको योगदान दिए।  नेपालका बसन्त रेग्मी, करन केसी र सोमपाल कामीले समान एक—एक विकेट लिएका थिए । 

यस अघि भएको  मेरिलेबोन क्रिकेट क्लब ‘एमसीसी’ विरुद्धको खेलमा नेपालले ९ विकेट जित हात पारेको थियो । 

तस्वीरः रमन शिवाकोटी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?