काठमाडौं । वैदेशिक रोजगारको सिलसिलामा मकाउ र उत्तर कोरिया पठाई दिने भन्दै ठगी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकाउ पठाइ दिने नाममा ठगी गर्ने धरान सुनसरीका ५० वर्षीय बालकृष्ण भण्डारी, उत्तर कोरिया पठाइ दिन्छु भन्ने सिन्धुलीका दिनेश भन्ने रामबहादुर थापा, दिनेश श्रेष्ठ तथा कल्पना ढुङ्गाना रहेका छन् ।
अभियुक्त भण्डारी आज ललितपुरको कुसुन्तीबाट पक्राउ परेका हुन भने थापा, श्रेष्ठ र ढुङ्गाना कपनबाट पक्राउ परेका हुन ।
मकाउ पठाउने नाममा भण्डारीले २३ जना युवाबाट जनही दुईलाख नगद उठाई फरार भएका थिए भने थापाको समूह दुईजनाबाट पाँचलाख नगद लिइ भागेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीका अनुसार, अभियुक्त भण्डारी र थापाको समूहलाई पक्राउ गरी आजै जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी बैदेशीक रोजगार ठगी मुद्धामा कानूनी कारवाही भइरहेको ब्यूरोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया