काठमाडौं । बीकेएसपी कप यु–१८ बास्केटबल प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका जाने भएको छ ।
ढाका प्रस्थान गर्ने खेलाडीमा निश्चल देवकोटा, राकेश श्रेष्ठ, मिन बुढा मगर, ध्रुव विक, गोचेन शेर्पा, राजबहादुर स्याङ्तान, अनिल तामाङ, सुनील तामाङ, मनराज गुरुङ, हितेश गुरुङ, शितल अधिकारी र रोशन तामाङ रहेका छन् ।
त्यस्तै, प्रमुख प्रशिक्षकमा विनोद बुढाथोकी, सहायक प्रशिक्षकमा राजकुमार तामाङ, व्यवस्थापकमा रोहित डंगोल तथा अफिसियलमा लुम्बिनधी एकेडेमीका प्रबन्ध निर्देशक एवं प्रिन्सिपल रविनचन्द्र कोइराला र निर्देशक युवराज मैनाली रहेका छन् ।
टोलीलाई ईपी एजुकेसनल कन्सल्टेन्सीले पोशाक प्रायोजन गरेको छ । प्रतियोगिता अगष्ट २ देखि ५ तारिखसम्म हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया