काठमाडाैं : अावेदन मिति सकिने बेलातिर 'राम्रो' वित्तीय विवरण पेश गरेको नेपाल बैंकले निर्धारित समयावधीभित्र सबै कित्ता एफपीअो बेच्न विफल भएको छ । यसअघि एफपीअो जारी गरेको एनएमबी बैंकले शेयर बेच्न नसकेपछि अन्तिम समयमा १५ प्रतिशत बोनस शेयर प्रस्ताव गरि एफपीअो बेच्न सफल भएको थियो ।
असार १५ गतेदेखि साउन १३ गतेसम्मका लागि बैंकले ८० रुपैयाँ दरले एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओका लागि खरिद अावेदन मागेकोमा ८३ लाख ३४ हजार ६०० कित्ता एफपीअो बिक्न बाँकी रहेको बिक्री प्रबन्धक सिद्दार्थ क्यापिटलले जानकारी दिएको छ ।
यसहिसाबले बैंकले निष्काशन गरेकोमध्ये जम्माजम्मी ५३ प्रतिशत कित्तामा मात्र लगानीकर्ताले अावेदन दिएको देखिएको छ। बाँकी ४७ प्रतिशत एफपीअो बिकेको छैन ।
अब नबिकेको एफपीअो बेच्नका लागि बिक्री प्रबन्धकले मंगलबार (अाज) देखि बैंकका सञ्चालकहरू, संस्थापक सेयरधनी र तिनका परिवारका सदस्यका लागि एफपीअो बिक्री फेरि खोल्दैछ ।
सरकारकाे स्वामित्व घटाउन र चुक्ता पूँजी बढाउन बैंकले एफपीअो जारी गरेको थियो । तर, नबिकेको एफपीअोमा संस्थापकका हैसियतले सरकारले नै लगानी गरेमा स्वामित्व संरचना लक्ष्यअनुसार विन्यास हुनेछैन । बैंकले सरकारको स्वामित्व ५१% मा झार्ने र सर्वसाधारणको स्वामित्व ४९% पु-याउनेगरि एफपीअो जारी गरेको हो ।
सोमबार बेलुकीसम्म नेपाल बैंकको एफपीअोमा कर्मचारी सञ्चय कोषको १ अर्बसहित २३ हजार ६ सय २१ आवेदनबाट दुई अर्ब ६१ करोड ८० लाख ७० हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धकले जानकारी दिएको छ । यस हिसाबले जम्माजम्मी ९३ लाख ५० हजार २५० कित्ताका लागि मात्रै लगानीकर्ताले अावदेन दिएका छन् ।
अब नेपाल बैंकको संस्थापक सेयरधनी नेपाल सरकार, सञ्चालक र तिनका परिवारलाई बिक्री गरेपछि पनि नबिकेको एफपिओ ८ वटा मर्चेन्ट बैंकले स्वीकार्नुपर्ने हुन्छ । पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डको नियमअनुसार यी मर्चेन्ट बैंकहरूले शतप्रतिशत शेयर खरिदको प्रत्याभूति गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया